युवालाई हाउस वायरिङ तालिम

पोखरा/ तनहुँको बन्दीपुर गाउँपालिकाका २० युवाका लागि संचालित आधारभूत हाउस वायरिङ तालिम सोमबार सम्पन्न भएको छ । ४५ दिने तालिम फागुन १८ गतेदेखि सुरु भएको थियो ।

असल छिमेकी नेपाल नामक संस्थाको युवाका लागि सीप बिकास परियोजना अन्तर्गत लेभल–१ को तालिम सम्पन्न भएको हो । तालिम समापनका अवसरमा असल छिमेकीका बोर्ड सदस्य नरबहादुर बागदासले जीविकोपार्जनमा सहयोग पुराउने उद्देश्यले तालिम दिइएको बताए । उनले तालिम बालुवामा पानी हालेजस्तो नहोस् अर्थात तालिम खेर नजाओस भन्दै रोजगार वा स्वरोजगार बन्न युवाहरुलाई आग्रह गरे । ‘हामीले सामाग्री पनि दिएका छौ’ उनले भने, ‘ती सामानमा खिया नलागोस् अर्थोपार्जनमा प्रयोग गर्नुहोला । तालिमको सदुपयोग गर्नुहोला ।’
परियोजना प्रमुख सुमन बयलकोटीले स्वदेशमै रोजगारी वा स्वरोजगार बनेर केही गर्नुपर्छ भन्ने उद्देश्यले तालिम संचालनमा ल्याइएको बताए । प्रशिक्षार्थीलाई खानबस्न निशुल्क गरिएको थियो । व्यापार गर्न चाहनेलाई उद्यमशिलता तालिम पनि दिइने र ३ जनालाई ५० हजार रुपैयाँको दरले बिउँपुजी उपलब्ध गराउने योजना उनले सुनाए । ‘ओजेटी (अन द जव ट्रेनिङ) सहितको पहिलो तालिम भएकाले प्रभावकारी रहेको छ’ उनले भने, ‘आफुले सिकेको सीप व्यवहारमा प्रयोग गर्नुहोला । यसमा हाम्रो अनुगमन पनि रहनेछ ।

तालिमको व्यवस्थापन एसिया टेक्निकल ट्रेनिङ इन्स्ट्च्यिुटले गरेको थियो । इन्स्ट्च्यिुटका प्रवन्ध निर्देशक बिजय वाग्लेले सीप र सामान दिइएकाले अव काम गर्न नरोकिने विश्वास ब्यक्त गर्दै व्यवसायको योजना भए लगानीको अवसर पनि जुटेको बताए । ‘अवसरको सदुपयोग गर्नुपर्छ अल्छीपना हटाउनुपर्छ’, उनले भने, ‘मेरो लागि संस्थाले लगानी गरेकाले अव म सकभर स्वदेशमै केही गर्छु भनेर आत्मविश्वाससाथ काम गर्नुपर्छ ।’ बन्दीपुर गाउँपालिकासंगको समन्वयमा युवा छनौट गरि तालिम दिइएको उनले बताए । साथै आफ्नो तर्फबाट रोजगारी र स्वरोजगारका लागि सहजीकरण गर्ने प्रतिवद्धता उनले जनाए ।

उक्त अवसरमा प्रशिक्षार्थीहरु सन्दीप भूजेल र प्रतापसिंह थापाले तालिमबाट धेरै कुरा सिकिएकाले अव व्यवहारमा लागु गर्ने बताए । शुन्य अवस्थामा रहेका बेला अव केही गर्न सक्ने हैसियतमा पुगिएको उनीहरुको भनाई थियो । प्रशिक्षक नवराज पौडेलले आवस्यक परेमा थप सहयोगका लागि तयार रहेको जनाए । उनले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न जोड दिए।
तालिममा सहभागी सबैजनालाई ३ हजार मूल्य बराबरका विभिन्न १० वटा सामाग्री निशुल्क रुपमा वितरण गरिएको थियो ।

THIS NEWS WAS PUBLISHED ON DHORPATAN NEWS. https://dhorpatannews.com/2024/04/111858/

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top